November 27, 2020, Friday
२०७७ मंसिर १२

देश बाहिरका हाम्रा नागरिकलाई पनि जिउँदै मर्न नदिऔँ

1.8K



यतिबेला विश्व कोरोना भाइरसको घातक संक्रमण र मृत्यु संग लडिरहेको छ । मानिसहरु सुरक्षित स्थानको खोजिमा छन भने विश्वले कोरोना सग लडने हतियार खोजि रहेको छ । विभिन्न देशमा ठुला ठुला संकटहरु आएका छन । यस्तो महासंकटको अवस्थामा देश बाहिर रहेका नागरिकहरु आफ्नो देश फिर्ता हुन चाहान्छन । यो चाहाना प्रत्येक देशका नागरिक संग छ ।

यस्तै चाहाना हामी नेपालीमा झन बढि छ । हाल संक्रमित भएका देशहरु भन्दा कम संक्रमित हाम्रो देश भएकोले पनि सुरक्षित हुन नेपाल फर्कने चाहाना पनि हुन सक्छ । हामी नेपालीहरु रोजगारीको सिलसिलामा लाखौंको सख्यामा देश बाहिर छौ । अहिले तिव्र रुपमा कोरोना सल्किरहेको युरोप ,अमेरिका,दक्षिण कोरिया,जापान ,भारत आदि मुलुकमा नेपालीको ठुलो संख्या छ ।

ती प्रभावित मुलुकमा रहेका नेपालीहरु आफ्नो देश फिर्ता हुने चाहाना राख्छन । सबै देश फिर्ता हुन चाहाना राख्नेलाइ तुरुन्तै फिर्ता गर्न सम्भव पनि छैन । अहिले विमानस्थल पुर्ण रुपमा बन्द छ ।तर गाडी चढेर नेपाल यता उता गर्न सकिने र गरिबहरु सजिलै पैसा कमाउन जाने ठाउँ छिमेकी मुलुक भारत हो । बालबच्चा च्यापेर भारत छिरेका हजारौ नागरिकहरुमा यतिबेला अझ ठुलो बिपद् आएको छ ।


दुइ चार दिन अगाडी भारत बन्द हुने, सगै नेपाल बन्द हुने हल्ला पनि उनिहरुले सुने ।त्यही हल्ला सगै घर हिडेका कोही घर पुगे भने सयौं नेपाली अझै पनि बाटोमा अलपत्र छन । घर पुग्नु अगाडी नै नेपाल र भारत बन्द भएपछि उनीहरुको अवस्था विजोगपुर्ण बन्यो । महामारी रोकथाम गर्न अपनाइएका उपायहरुको पालना पनि त गर्नुनै परो । महामारी रोकथाम गर्ने बिषय चानचुने बिषय पनि भएन । तर भारत बाट हिडेका नागरिकहरु महासंकटको चपेटामा अवश्य परेका छन ।


बालबच्चा सहित कमाउन भारत पसेका उनिहरु न सुचनाहरु सग नजिक छन न त संञ्चार सग । हल्लाको पछि दौडेर उनिहरु साविकको स्थान छाडदै नेपाल देश दौडिए । यता नेपाल लगडाउन भयो त्यसैले भोकभोकै बाटोमै अलपत्र परेका खबरहरु बुधबार सम्म पनि आइरहेका छन ।
यस्तो अवस्थामा अलपत्र परेका नागरिकहरु खाना नपाएर मर्ने सम्भावना छ ।उता भारत थप तीन साता लगडाउन गरेपछि उनिहरुको जीवन थप कष्टकर हुने निश्चित छ ।

भारतमा भएकाहरुलाइ ल्याउन सक्ने सम्भावना पनि अब परको कुरा भयो ।तर नेपाल सिमा रहेका र नेपाल प्रवेश गरि बाटोमा अलपत्र परेकाहरुको उद्दार यथाशीघ्र हुनुपर्छ । हुन त देश महामारी रोकथामको टाउको दुखाइमा छ । जसरी हुन्छ बैकल्पिक ब्यवस्था गरेर अलपत्र परेका आफ्ना देशका नागरिकको उद्दार गर्नुपर्छ । देश प्रवेश गरेकाहरुलाइ सुरक्षित स्थानमा निग्रानीमा राखेर खाना बस्नको ब्यवस्था गरिनु पर्छ । नागरिकलाइ ल्याउदैन भन्न मिल्दैन ,जसरि हुन्छ अलपत्र नागरिकको उद्दार गरिनुपर्छ ।

देश धनी ,गरिव,ठुलो सानो जे भए पनि सुरुमा आफ्ना देशका नागरिक प्रति माया हुनुपर्ने पहिलो दायित्व हो ।सुरुमा चिनको वुहान बाट केही नेपालीको उद्दार गरेर राज्यले अभिभावकत्व देखाएको थियो । यसले अरु विश्वभर रहेका नेपालीमा पनि आपतकालीन अवस्थामा राज्य छ भन्ने आशा जगाएको थियो । चिन बाट राज्यले जहाज पठाइ सबै खर्च आफै गरेर जसरि नागरिकलाई उद्दार गरेको थियोे अब त्यसरि त सम्भव छैन ।

तर नेपाल प्रवेश गरेका नागरिकलाइ जहाँ बाट आएको हो त्यही जा भन्न कदापी मिल्दैन । यतिबेला राज्यलाई सघाएर महाविपत्ति रोक्न सबै नागरिकले आफ्नो दायित्व पनि निर्वाह गर्नु पर्ने नै छ ।तर घर न घाटको अवस्थामा रहेका नेपाली नागरिकको उद्दार त गर्नु नै परो नि ? हुन त भोली संक्रमितको दर बढेमा यस्तै ब्यवस्थापन हो भने झन ठुलोे कष्ट बेहोर्नु पर्ने नै छ । तर अहिले अलपत्र परेकाहरुलाइ उद्दार त चाहेपछि गर्न नसकिने काम होर ?

Recent Update