November 27, 2020, Friday
२०७७ मंसिर १२

रुकुम पुर्वका एक संक्रमित ७५ दिन अगाडि मलेसिया बाट आएका थिए

1.7K

पुर्व रुकुममा तीन जना काेराेना भाइरस संक्रमित फेला परेका छन । जिल्लाकाे विकट मानिने पुथा उत्तरगंगा गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हाे ।ती मध्ये एक संक्रमित क्वारेन्टाइन बाट आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका थिए । तर हाल उनको पिसिआर रिपोर्टमा काेराेना संक्रमण देखिएकाे छ ।फागुनकाे अन्तिम साता तिर मलेसिया बाट पुथाउत्तरगंगा गाउँपालिका घरमा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

गाउँपालिकाकाे पहलमा आरबिटी परिक्षण गर्दा नेगेटिभ आएपछि उनलाई निग्रानी गरिएको थिएन । फेरि उनको पिसिआर परिक्षणकाे लागि दाङ पठाइएको मा अहिले काेराेना पाेजेटिभ देखिएकाे गाउँपालिका कार्यकारी अधिकृत रविन्द्र बुढाक्षेत्रिले बताए । उनी सँगै संक्रमित भएका अन्य दुई जना क्वारेन्टाइन मै बसेका थिए ।

पुथाउत्तरगंगा गाउँपालिका १४ काे सिद्ध मण्डलि माविमा स्थापना गरेको क्वारेन्टाइनमा बसेका दुई र अर्का घरमै बसेका संक्रमितलाई सुरक्षित काेराेना अस्पतालमा लैजाने तयारी भैरहेको छ ।
निजहरूको सम्पर्कमा रहेकाहरुकाे परिक्षणकाे लागि गाउँपालिकाले ब्यवस्थापन सुरु गरेको छ । अन्य २ जना संक्रमितहरु कहाँ बाट आएका थिए केही खुलाइएको छैन ।

Recent Update