May 15, 2021, Saturday
२०७८ जेष्ठ २

दक्षिण काेरियामा विवाह नगरि गर्भवती हुने युवतीको संख्या ह्वात्तै बढ्दै

291

विवाह अघि नै महिला गर्भवती हुने संख्या दक्षिण काेरियामा बढन थालेको छ ।काेरियामा विवाह गर्ने युवा युवतीको संख्या अत्यन्तै न्यून भएपनि विवाह पुर्व नै गर्भवती हुने संख्या बढेको हाे । ख्यङ्गी रिसर्च इन्स्टिच्युटका रिसर्चर लि ब्योङ हो ले गरेको एक अध्यनले कोरियामा विवाह हुने ५ जोडी मध्ये १ जोडिको विवाह अघि नै गर्भधारण भइसकेको हुन्छ।उक्त अध्यनमा सन २००१ देखि २०१५ सम्म विवाह हुनेहरुमध्ये १४.५ प्रतिशतको पहिलो बच्चा विवाह हुनु अघि नै महिलाको पेटमा आइसकेको पाइएको छ।

ख्यङ्गी रिसर्च इन्स्टिच्युटका रिसर्चर लि ब्योङ हो ले कोरिया सरकारले उपलब्ध गराएको तथ्याङ्कमा उनिहरुको विवाह भएको मिती र उनिहरुको पहिलो बच्चा जन्मेको मितिलाई अध्यन गरि यस्तो निष्कर्ष निकालेका हुन। यसमा विवाह अघि नै जन्मने बच्चा समावेश गरिएको छैन।

उनको अध्यनले गर्भवति विवाहको संख्या बढिरहेको देखाएको छ। सन २००१ मा भएका विवाहमा गर्भवति वेहुलीको संख्या कुल विवाहको ७.५ प्रतिशत रहेको थियो भने सन २०१५ मा आइपुग्दा यस्तो संख्या २.४ गुणा बढेर १७.८ प्रतिशत पुगेको छ। यसमा पनि २० देखि २४ बर्ष उमेर भएका जोडीको यस्तो विवाह हुने प्रतिशत ३०.५ रहेको छ।हाल याे संख्या अझै बढेको छ ।

गर्भवति विवाह हुने २५ बर्षदेखि २७ बर्ष उमेर समुहका जोडीहरु करिब २३.४ प्रतिशत रहेका छन भने २७ बर्षदेखि ३० बर्ष उमेर समूहमा यो संख्या १५.४ प्रतिशत रहेको देखिन्छ। यसरी हेर्दा जति कम उमेरमा विवाह हुन्छ त्यति नै विवाह अघि नै गर्भवति हुने स’म्भावना बढि रहेको पाइएको छ।eps साथी बाट