May 15, 2021, Saturday
२०७८ जेष्ठ २

नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि : नेदरल्यान्ड्सको लज्जास्पद हार

56

नेदरल्यान्ड्समाथि शानदार जित निकाल्दै नेपालले त्रिकोणात्मक टि–२० इन्टरनेशनलको उपाधि जितेको छ । फाइनल खेलमा नेदरल्यान्ड्सलाई ११५ रनले फराकिलाे अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

शनिबार टियु क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई २ सय ३९ रनको विशाल लक्ष्य दिएको थियो ।

जवाफमा ब्याटिङ गरेको नेदरल्यान्ड्सले १७ ओभर ३ बलमा अलआउट हुँदै ९६ रन जोड्यो । नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।

नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए । सन्दीप लामिछाने र कमल ऐरीले २–२ विकेट लिए । अभिनास बोहराले १ विकेट लिए । नेदरल्यान्ड्सका दुई खेलाडी रन आउट भएका थिए ।

नेपालको शानदार स्कोर बनाउन ओपनर कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ गरे । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले यो टि२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल हाे ।