May 15, 2021, Saturday
२०७८ जेष्ठ २

बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

83

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २२ जना घाइते भएका छन्।

बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको थियोे ।उक्त बस दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै मृत्यु भएको हो । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने क्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटे भिरमा दुर्घटनामा परेको थियो । बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । दुर्घटनामा परेर २२ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए ।

घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको प्रहरीले जानकारी दिएको छ ।