नेपालमा बिहीबार १ सय ५६ नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेखमा ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जा ३, नवलपरासी, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुर १, बर्दियाका ३, बाँके १, झापाका २५, नवलपुरका १, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बुका १, बझाङका १, सुर्खेतका १३ संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्। सबैकाे स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ ।