May 15, 2021, Saturday
२०७८ जेष्ठ २

देशभर गर्मी बढ्यो

62

प्रदूषण घटेपछि दुई दिनयता गर्मी बढेको छ ।अहिले स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसम सफा रहेको र तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविदका अनुसार आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताएका छन् । देशका पहाडी तथा तराईका जिल्लाहरुसँगै काठमाण्डौमा र गर्मी बढेको छ ।

हिजो काठमाण्डौको तापक्रम ३२ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । आज काठमाण्डौको तापक्रम ३३ डिग्री पुग्ने अनुमान गरिएको छ ।

यस्तै आज दिपायलको तापक्रम ३५ देखि ३७, धनगढीको ३७ देखि ३९, विराटनगरको ३४ देखि ३६, भैरहवाको ३८ देखि ४० र जनकपुरको ३७ देखि ३९ डिग्री सेल्सियसम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।