May 15, 2021, Saturday
२०७८ जेष्ठ २

विप्लवकाे पाटी फुट्याे,धमलाकाे नेतृत्वमा अर्को पाटी तयार

329

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो ।

विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ ।नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ ।