November 28, 2020, Saturday
२०७७ मंसिर १३

काेरियामा काेराेना भाइरस संक्रमण फेरि बढ्यो ,दुई सय बढि विद्यालय बन्द

1K

कोरोना भाइरस का नयाँ संक्रमित बढेपछि दक्षिण कोरियाले २सय ५१ विद्यालय पुनः बन्द गराएको छ । संक्रमितको संख्यामा निरन्तर कमी आएसँगै केही दिनअघि दक्षिण कोरियामा विद्यालय खोलिएको थियो । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा कोरोना भाइरसका ५६ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन दक्षिण कोरियामा ७९ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या दक्षिण कोरियाका लागि पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै थियो ।

अहिले फेला परेकामध्ये अधिकांश संक्रमित दक्षिण कोरियाको पश्चिमी क्षेत्र बचुनमा रहेको एक डिस्ट्रिब्युसन सेन्टरमा पाइएको थियो । बचुन एक घना बस्ती भएको क्षेत्र हो । त्यसैले अधिकारीहरूले यो क्षेत्रमा कोरोना भाइरसका संक्रमितको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।बचुनमा मुलुकको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी कुपांगको कार्यालय छ ।

अधिकारीहरूले यो कम्पनीले संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम नचालेको आरोप लगाएका छन् ।त्यसैगरी, अहिले दक्षिण कोरियामा यो कम्पनीका कर्मचारीसँग सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको काम भइरहेको छ । संक्रमणको दर बढेसँगै बचुन सहरका २५१ विद्यालय पुनः बन्द गरिएको हो । विद्यालय खोल्ने तयारीमा रहेकाहरूले पनि निर्णय परिर्वतन गरेका छन् । बिबिसी बाट

Recent Update