May 15, 2021, Saturday
२०७८ जेष्ठ २

शेरधन राइलाई गाली गर्ने बालिका खड्कालाई थुन्ने की छाड्ने ? आज अदालतमा बहस हुदै

93

एमालेको नयाँ पाटी कार्यालय उद्घाटनको दिन प्रदेश–१ का मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्कालाई थुन्ने की छाड्ने भन्ने विषयमा आज बहस हुदै छ ।जिल्ला अदालत काठमाडौंमा हुने थुनछेक बहसले उनलाई थुन्ने की छाड्ने भन्ने बिषयमा फैसला गर्ने छ ।


पाटी कार्यालय थापाथलीबाट प्रहरीले बैशाख ९ गते पक्राउ गरि हाल हिरासतमा राखेको छ । खड्काले ठाँउ ठाँउमा आफुलाई राइले यौन हिंसा गरेको भन्दै न्याय चाहियो भनेर हिड्दै आएकी थिइन । लामो समय सम्म आफुलाई हिंसा गरेर शेरधन राईले आफुलाई बिचल्ली बनाएको भन्दै उनले कारबाहीको माग गदै आएकी छिन । अभद्र व्यवहार मुद्दामा पहिलो पटक पक्राउ गरिएका आरोपीको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।