May 15, 2021, Saturday
२०७८ जेष्ठ २

माओवादीमा प्रवेश गरेको घाेषणा लगत्तै बिमला वली सम्पर्कविहिन

205

नेकपा एमाले लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी वली सम्पर्कविहीन बनेकी छन् । उनी आइतबार मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको समाचार बाहिर आएको थियो । तर, अहिले उनी सम्पर्कविहीन बनेको एक माओवादी नेताले बताए ।

वलीलाई आइतबार नै माओवादी प्रवेशको औपचारिक जानकारी दिने माओवादीको तयारी थियो । आइतबार राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको एकल बहुमत पुग्ने आकलन गरिएपनि वली माओवादीमा प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको छ ।एमाले सांसद वली माओवादीमा प्रवेश गरेको भनिएपनि अहिले सम्पर्कमा नरहेको ती नेताले बताए ।