May 15, 2021, Saturday
२०७८ जेष्ठ २

काेराेनाका कारणले दाङमा दुई जनाको निधन

51

कोरोना विशेष अस्पताल बेलझुन्डीमा आइतबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो ।

वैशाख १२ गते अस्पताल ल्याइएका उनको वैशाख १२ गतेदेखि उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनलाई निमोनियासमेत भएको थियो । यस्तै तुलसीपुरका एक अर्का पुरुषको पनि निधन भएको छ ।