May 15, 2021, Saturday
२०७८ जेष्ठ २

कर्णाली पछि लुम्बिनीमा काँग्रेसको अर्को ओरालो यात्रा …..

896

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसले महेन्द्र बहादुर शाहीको पक्षमा विश्वासको मत दिएपछि एउटा टिप्पणी लेखेको थिए । काँग्रेसकाे राजनीतिक आत्माहत्या यात्रा कर्णाली बाट सुरु यहि शिर्षकमा । मेरो उक्त विश्लेषण टिप्पनीलाइ आधाउधि काँग्रेसका भक्त, आधा माधव झलनाथका भक्त र अन्य प्रचण्डका इमानदार भक्तले तथानाम गालिगलोज गर्दै टिकाटिप्पनि गरे । उता केपीका भक्तहरुलाई चाही बढो चित्त बुझेछ । टिप्पनीको विषयमा काँग्रेसको एउटा प्यानलले मेरो विषयमा गम्भीर धारणा समेत बनायो ।त्यो प्यानले बनाएको धारणा कुनै बेला अवश्य माग्ने छु ।केही असहिष्णु पाठकले कमेन्टमा केपी ओलीको झोले पत्रकार आदि इत्यादिको आरोप समेत लगाए।उनीहरूको जस्तो न झोले न इमानदार भक्त यी दुवै म परेन ।लेखाइको सार मात्रै के थियोे भने काँग्रेस किन सधैं अरुको सत्ता प्राप्तिको भर्याङ मात्रै बन्ने ? विगतमा पाएका धोका बाट काँग्रेसले कहिले पाठ सिक्ने ? यस्तै यस्तै विषयको उठान थियोे ।तेस्रो सानो पाटी राजपाले प्रदेश देखि संघ सम्म आफ्नै नेतृत्वमा सरकारको दावि गर्न सक्ने,तर काँग्रेस संख्यामा कम भए पनि मुद्दामा किन बलियो नहुने ?कर्णालीमा फेरि धोका अवश्य पाउछ भन्ने नै पन्तिकारको मुलभुत आसय थियो । टिप्पनी सहि सत्य थियोे र काँग्रेसले कर्णालीमा धोका पाउने क्रम पनि सुरु भैसकेको छ ।मागेको मन्त्रालय र संख्या महेन्द्र बहादुर शाहीले नदिएपछि गडबडी सुरु भैसकेका खबर बाहिरिन थालिसकेका छन ।

कर्णालीमा काँग्रेसले सात छाडन सक्छ भनेर प्रचण्ड समेत सशंकित छन ।निषेधाज्ञा हुनुभन्दा केही दिन अगाडि बाँकेका सांसद महेश्वर गहतराज,अथक पुर्व खेलकुद मन्त्री रुकुम पुर्वका दलजित सेर्पाली ,कर्णाली प्रदेश नेकपा प्रमुख सचेतक सीता नेपाली प्रचण्डलाई भेट्न पुगेको बेला कर्णालीमा काँग्रेसले साथ छाड्न सक्छ भनेर प्रचण्डले बिफ्रिङ समेत गरेका थिए।उतिबेला नारायणकाजि श्रेष्ठ ,पम्फा भुसाल आदि पनि त्यहि थिए । भनाइको मतलब के भने काँग्रेसले आफुलाई र देशलाई लाभ हुने राजनीतिक खेल खेल्न बिर्सिसकेको छ ।फेरि कुनै न कुनै बेला माओवादीले नराम्रो सँग पर्छार्ने निश्चित छ ।उसो भए केपि वा एमाले ठिक त ?

त्यो पनि मान्न नसकिएला ,यिनिहरुको संगत सकभर नगर्ने तर संगत गरेपनि यिनलाई उचित राजनैतिक हैसियतमा राख्न सक्ने गरि काँग्रेसले आफ्नो हैसियत निर्माण किन गर्दैन ? यी विषयमा गरिएको टिप्पनी मात्रै हो । राजनितिक घटनाक्रमको बिषयमा टिकाटिप्पनी र विश्लेषण गर्न मलाई संबिधानको धारा उपधारा र अन्य आचारसंहिताको कुनै बुँदाले बन्देज गर्दैन भनेर मैले यति कुराको उठान स्वरुप काँग्रेसलाई सुझाब दिएको थिए ।

कुल बहादुरले काँग्रेसलाई फेरि घिसारेर फाल्लान कि काँग्रेसले घिसार्ला ?

अघिल्लो वर्षको असोज महिनाको १९ गते तत्कालीन प्रदेश नम्बर पाँचको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेश संसदमा काँग्रेसका केही सांसदले बबाल मञ्चाए ।त्यतिबेला तत्कालीन उक्त प्रदेशका कानुनमन्त्री कुल बहादुर केसी सोनामले ती सांसदहरुलाई मञ्च बाट बोल्दै भने, घिसारेर बाहिर फाल्नुस,फालिहाल्नुस त । यदि सुरक्षाकर्मीले मन्त्री कुल बहादुरको आदेश पालना गरेको भए कठालो समातेर कोतर्दै काँग्रेस सांसदहरुले घिसारिदै बाहिर निकालि माग्नुपर्ने थियोे ।

घिसारेर बाहिर निकाल्नुस भन्ने बाक्यले काँग्रेस शुभचिन्तकलाई मात्रै होइन अन्य सबै पक्षलाई पनि नराम्रो सँग पोल्यो ।यो बाक्यले नराम्रो सँग मन्त्री केसीको आलोचना भयो ।तिनै उदाङ्गो र अस्वभाविक चरित्र देखाउने कुल बहादुर लुम्बिनिमा नयाँ सरकारको नेतृत्व म गर्छु भन्दै दौडिरहेका छन ।मुख्यमन्त्री बाट राजिनामा दिई करिव १० प्रतिशत मात्रै प्रकृया पुरा गरेर शंकर पोखरेलले म मुख्यमन्त्री भए है भनिसकेका छन ।यहि विचमा कुल प्रसाद कमरेडले पनि म कानुनी रुपमा मुख्यमन्त्री भए है भनेर पत्रकारहरु सँग प्रतिक्रिया दिइसके ।यी दुईमा को हो आधिकारिक मुख्यमन्त्री अन्योल छ ।सायद यस्तो घटना नेपाली राजनितिमा दुर्लभ नै मानिन्छ होला ?

पोखरेल र कुल बहादुर कमरेडको यो कमेडिमा काँग्रेस सिकार गर्न नसक्ने बाँघ जस्तै बनेको छ ।लुम्बिनीमा काँग्रेसको केही दावि छैन,केही बार्गेनिङ छैन, मात्रै कुल बहादुर कमरेड वा माओवादीको पुच्छर समातेर लर्तिरहेको छ ।घिसारेर निकाल भन्नेको पुच्छर समातेर राजनीतिक अभिष्ट कुनै हालतमा काँग्रेसले पुरा गर्ला जस्तो लाग्दैन ।

विश्लेषकहरु भन्छन् केपी ओलीका प्रदेश देखि केन्द्र सम्मका सरकार ढल्छन अनि नयाँ सत्ता समिकरण बन्छ, त्यतिबेला काँग्रेसले आफ्नो माग दावि गर्छ रे? अझ त गण्डकी ,बागमती ,प्रदेश एक ,दुई र सुदुर पश्चिममा पनि काँग्रेसले मुख्यमन्त्री पाउछ रे? सांसद अपहरण गर्ने,किन्ने बेच्ने राजनीतिक संस्कारमा काँग्रेसका यी सपना पुरा होलान? सपनाहरु पुरा गर्न योजना र एजेन्डा हुनुपर्छ ।खै त देखिने गरि काँग्रेसले आफ्नो माग दावि गरेको? हामी गर्छम सरकारको नेतृत्व साथ देउ भनेर माओवादीलाई भन्न किन नसकेको ? यस्तो अनिर्णयको राजनीति फेरि उहीँ राजनीतिक आत्महत्या र माओवादीको राजनैतिक बैतर्नी पार गराउने शिवाय केही होइन ।र याे पनि https://hamrakhabar.com/30115/