May 15, 2021, Saturday
२०७८ जेष्ठ २

एउटा शव व्यवस्थापन गर्न १० घण्टा ,आफन्तले पाए सास्ती

77

गण्डकी मेडिकल कलेजको आइसियूमा उपचाररत पर्वतका एक संक्रमितको शनिबार बिहान ३ बजे आइसियूमा ज्यान गुम्यो । अस्पतालले शव उठाउन सेनालाई खबर ग¥यो । तर, सेनाको टोली बिहान ९ बजे मात्रै आयो । आफन्तलाई दिउँसो १२ बजेसम्ममा अन्त्येष्टिस्थल पोखरा– ३३ कोत्रे पुग्न भन्दै शव लिएर गएको सेनाको टोली भने साँझ ४ बजेसम्म पनि अन्त्येष्टिस्थल पुगेन ।

पानीमा भिज्दै शवको प्रतीक्षा गरिरहेका आफन्तले अति भएपछि कास्कीका सिडिओ थानेश्वर गौतमलार्ई फोन गरे । उनले ‘मणिपाल शिक्षण अस्पतालमा ज्यान गुमाएका संक्रमितको शव व्यवस्थापन गर्दा ढिला भएको र केहीबेरमा सेनाको टोली शव ल्याएर आइपुग्ने’ जानकारी दिए । साँझ ५ बजेतिर मात्रै सेनाको टोली आइपुग्यो । सेनाले शव बुझेको आठ घन्टा र बिरामीको ज्यान गुमेको १५ घन्टापछि बल्ल अन्त्येष्टि गरियो ।

यो प्रतिनिधि घटना मात्रै हो । कोरोना संक्रमितको शव व्यवस्थापनमा घन्टौँ लाग्ने गरेको छ । जसको मानसिक असर परिवारको सदस्य, आफन्त र अस्पतालमा उपचाररत अन्य बिरामीमा पर्ने गरेको छ ।वरिष्ठ मनोरोग विशेषज्ञ डा। निर्मल लामिछानेका अनुसार आफूजस्तै बिरामीको मृत्यु भएको आँखैअगाडि देख्दा र लामो समयसम्म शवसँगै रहनुपर्दा बिरामीको मनोबल खस्किन्छ ।

‘छिमेकमा कोही डेथ भयो, बाटोमा शव लिएर हिँडेको देख्यो भने मन अमिलो हुने मानवीय स्वभाव हो,’ उनले भने, ‘अझ आफ्नैअगाडि आफूजस्तै बिरामीको ज्यान गुमेर १०–१२ घन्टासम्म शव रहने अवस्था भयो भने त्यो असाध्यै पीडादायक क्षण हो ।मेरो हालत पनि त्यस्तै हुन्छ भन्ने बिरामीमा पर्छ । यस्तो अवस्था तुरुन्त अन्त्य गर्नुपर्छ ।’ यसबाट मुक्ति पाउन प्रत्येक अस्पतालले कोरोना संक्रमितहरूका लागि पनि छुट्टै शव राख्ने स्थल निर्माण गर्नुपर्ने देखियो । यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ,’ उनले भने ।याे खबर नयाँ पत्रिकामा छ