May 15, 2021, Saturday
२०७८ जेष्ठ २

निषेधाज्ञा थप कडा गर्दै एक देखि दुई साता सम्म थप्ने तयारी

100

काठमाण्डू उपत्यकाका तीन जिल्लामा एक साताका लागि लगाइएको निषेधाज्ञालाई अझ कडा बनाउँदै विस्तार गर्न लागिएको अधिकारीहरूले बताएका छन्।थप गरिने कडाइका आदेशबारे काठमाण्डू, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भइरहेको र बुधवार साँझसम्म त्यसबारे औपचारिक घोषणा गरिने भनिएको छ।

कोरोनाभाइरसको महामारी बढ्दै गएपछि गत वैशाख १६ गते बिहान ६ बजेबाट वैशाख २२ गते मध्यरातसम्म लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा लगाइएको थियो।काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार केही क्षेत्रहरूलाई थप सीमित गर्दै आवतजावतलाई थप नियन्त्रण गर्ने गरी एकदेखि दुई  सातासम्म निषेधाज्ञालाई विस्तार गर्न लागिएको छ।