May 15, 2021, Saturday
२०७८ जेष्ठ २

एटिएम मेसिन तोडफोडमा संलग्न एक जना रुकुम पश्चिम प्रहरी फन्दामा

1.8K

रुकुम पश्चिमको जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको नेपाल बैंक लिमिटेड रुकुम शाखाको एटिएम मेसिनमा तोडफोड भएको छ । मेसिन तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता तथा प्रहरी निरीक्षक कपिल शाहीले बताए ।

बैकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगपालिका वडा नम्बर १ का ३० बर्षिय भिमबहादुर बि.क.लाई पक्राउ गरिएको प्रहरी प्रबक्ता शाहीले जानकारी दिए । फिल्डमा खटिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार एटिएम मेसिनमा सप्पल प्रहार गरेर चोरी गर्न लाग्दा बैक मेनेजरले सिसिक्यामराबाट थाह पाएपछि प्रहरीलाई खबर गरे लगत्तै प्रहरी निरीक्षक शर्माको टोली उक्त घटनास्थलमा पुगि एटीएम मेसिन तोडफोडमा संलग्न भिमबहादुरलाई नियन्त्रणमा लिएकोे छ । एटीएम मेसिन तोडफोडमा संलग्न भिमबहादुर नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता शाहीले बताए ।