May 15, 2021, Saturday
२०७८ जेष्ठ २

उपत्यकाको निषेधाज्ञा एक साता थपियो, अब सबै पास खारेज

59

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ, अब निषेधाज्ञा थप कडा हुनेछ ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

त्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।