May 15, 2021, Saturday
२०७८ जेष्ठ २

बैतडी जिप दुर्घटना हुदाँ घटनास्थलमै ५ जनाको मृत्यु

65

बैतडीमा बोलेरो जिप दुर्घटना हुदाँ ५ जनाको घटना स्थलमै मृत्यु भएको स्रोतले बताएको छ । जिल्लाको तल्लोसोराडमा पर्ने पञ्चेश्वर गाउपालीका- ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको घटनास्थलमै मुत्यु भएको स्थानीय नरेश तिवारीले बताए । अन्य घाईतेको उद्धार भइहरेको छ ।

हिजो चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–०६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।

जिप सडकबाट करिब ५०० मिटर तल खसेको छ। गाडीमा १२ जना सवार रहेको अनुमान गरिएको छ। प्रहरी चौकि रोडिदेवलको टोली अहिले घटनास्थलमा पुग्दै छ । थप बिबरण आउन बाँकि रहेको प्रहरीले बताएको छ।