June 23, 2021, Wednesday
२०७८ असार ९

नेपाल टेलिकमले ल्यायो आकर्षक भ्वाइस तथा डेटा प्याक अफरहरु

234

दास्रो लहरको कोरोना भाइरस महामारी फैलिएसागै हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको समयमा टेलिकमले सेवाग्राहीका लागि आकर्षक भ्वाइस तथा डेटा प्याकहरु ल्याएको छ । प्रयोगकर्ताले उक्त डेटा तथा भ्वाइस प्याकहरु लामो र छोटो दुवै समयमा उपयोग गर्न सक्ने छन् । प्याकहरु निकै उपयोगी रहेको टेलिकमले जनाएको छ ।

यस्ता छन् कम्पनीका आकर्षक प्याकहरु

१. वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक२८ दिनसम्म प्रत्येक दिन १ जीबी डेटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक केवल ६४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता अनुसार डेटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । आफ्नो मोबाइलबाट *1415*1*8*2# डायल गरी यो अफर लिन सकिन्छ ।

२. ७ दिनका लागि १.५ जीबी डेटा१.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न मिल्नेगरी कम्पनीले यो प्याक ल्याएको हो । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डेटा प्याकको रुपमा रहेको यो प्याक ९५ रुपैयाँमा उपलब्ध छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*1*4# डायल गर्नुहोस् ।

३. दुई घण्टासम्म चल्ने अनलिमिटेड डेटा प्याकदुई घण्टासम्म असीमित डेटा चलाउन सकिने गरी यो प्याक ल्याइएको हो । ३० रुपैयाँमा उपलब्ध यो डेटा प्याक लिनका लागि मोबाइलमा *1415*8*2# डायल गर्नुपर्ने हुन्छ ।

४. ५०० एमबी पर डे डेटा प्याक२९९ रुपैयाँमा उपलब्ध यो डेटा प्याकमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डेटा पाउन सकिन्छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*9*3# डायल गर्नुपर्ने हुन्छ ।

टेलिकमका मोबाइल प्रयोगकर्ताले *1415# डायल गरी प्राप्त निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइट बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।