October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

नेपाललाई कोरोना परिक्षण सामग्री सहयोग गर्न कोरियामा अभियान सुरु

2.8K


चीनको हुवान क्षेत्र बाट सुरु हुदै बिश्वभरी फैलिरहेको महामारी कोरोना भाइरसको संक्रमित बिरामीहरु नेपालमा पनि देखिन थालेपछि रोकथाम गर्न सबैतिर बाट उच्च सर्तकता अपनाएको छ । नयाँ प्रकारको भाइरस भएकाले यस बाट संक्रमितहरुको नमुना परिक्षण गर्न नेपालमा उपकरण तथा प्रबिधिको चरम अभाब पनि रहेको छ । यही अभाबलाइ मध्यनजर गदै दक्षिण कोरीयामा बसोबास गर्ने नेपालीहरुले सहयोग अभियान सुरु गरेका छन ।

नेपालीहरुको सहयोग बाट जम्मा भएको रकमले आवश्यक केही उपकरणहरु खरिद गरि नेपाल सरकारलाई वितरण गर्ने सहयोग अभियानको संयोजन एनआरएनए दक्षिण कोरियाले गरेको छ । एनआरएनए दक्षिण कोरियाको अभियानमा अन्य सामाजिक स्वतन्त्र अभियान्ताहरुले पनि साथ दिने भएका छन । चीन पछि नराम्रो सग कोरोना भाइरस बाट प्रभावित बनेको दक्षिण कोरियाले पछिल्लो समय नयाँ संक्रमितहरु घटाएको छ ।

नयाँ सक्रमित दर घटाएपछि अहिले कोरियाको प्रबिधि र सर्तकताको संसार भर प्रंससा भैरहेको छ । कोरीयामा हाल सम्म एक जना नेपाली पनि सक्रमित भएका छैनन । करिव चालिस देखि पचास हजारको हाराहारीमा नेपाली बसोबास गदै आएको दक्षिण कोरीया बाट नेपाली नागरिकहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने हेतुले सहयोग उठान थालेको आयोजकले जनाएको छ ।

एनआरएनए दक्षिण कोरिया कोरियाका उपाध्यक्ष यदु लामिछानकोे संयोजकत्वमा सहयोग संकलन समिति बनाई अभियान सुरु हुने भएको हो ।यस्तै अभियानलाइ सघाउन स्वतन्त्र अभियान्ताहरुको तर्फबाट गुरुदत्त न्यौपाने, मिन बिक, राजु श्री ,डोलिन के सी, अर्जुन बराल समेत छन । अभियान पुरा गरिजति सक्दो चाँडो सहयोग जम्मा गरि नेपालमा आवश्यक सामग्रीहरु पठाइने आयोजकले जनाएको छ ।

‘हामीले सहयोगको लागी अनुरोध गर्ने भनेको यहाँका नेपाली दाजु भाइहरुलाइ हो’ उहाँहरुकै सहयोगमा संकलित रकमले सामग्री किनेर जतिसक्यो चाँडै नेपाल पठाउने छौ ,अभियानका संयोजक लामिछाने बताए । कोरियाको कोरोना परिक्षणमा काम लाग्ने किट्स निकै प्रभाबकारी मानिदै आएको छ ।

कोरोना चेकजाँच गर्ने प्रति किट्स २० डलर पर्ने एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुबेदिले जानकारि दिए । अध्यक्ष सुबेदीका अनुसार कोरिया बाट नेपाल किट्स पठाउदाको कानुनी प्रक्रिया देखि यसको प्रयोगको बारेमा समेत सम्बन्धित निकायहरु सग कुराकानी भैसकेको छ ।

कोरियामा कार्यरत नेपालीहरुले यस अगाडी पनि नेपालमा हुने विभिन्न प्रकारका प्रकोपहरुमा ठुलो राहत सहयोग गदै आएका छन । जति सक्यो धेरै कोरोना भाइरसको परिक्षणमा प्रयोग हुने सामग्रीहरु नेपाल पठाउन पाए नेपाली नागरिकलाइ राहत हुने अपेक्षा आयोजकले लिएको छ । हाल नेपालका बिभिन्न अस्पतालहरुमा चेकजाँच सामग्रीहरुको अभाबका कारणले बिरामीको परिक्षणमा समस्या आएको खबरहरु आइरहेको छन ।

अभियान्ताहरुको सम्पर्क नम्बर र नाम

NRNA काे तर्फबाट
१) यदु लामिछाने संयोजक 01059236916
२)मनोज गौतम सचिव 01095434438
३) सन्तोष खड्का सहकाेषाध्यक्ष 01059622252

४) सुभद्रा पालुङवा महिला संंयाेजक 01091434438

(स्वतन्त्र अभियान्ताहरुकाेे तर्फबाट )

१) अजुर्न बराल 010463046676
२) गुरुदत्त न्यौपाने 01076139102
३)डोलिन केसी 01024751931
४) मिन बिक 01048658501

सहयोग रकम जम्मा गर्नको लागी बैंक खाता नम्बर KEB HANA BANK : 259-91020583305NAME: 주한네팔인 협회 NRNA

Recent Update