October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

टिकारामका परिवारलाई नेपाली काँग्रेस र नेकपा जनप्रतिनिधि द्वारा आर्थिक सहयोग 

3.7K

मृतक टिकारामका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओली

गत जेठ १० गतेका दिन रुकुमको सोती घटनामा ज्यान गुमाएका रुकुम पश्चिम चौरजहारी नगरपालिका १ निवासी टिकाराम नेपालीका परिवारलाई किरिया खर्च स्वरुप विभिन्न ब्यक्तिहरु बाट  सहयोग रकम प्रदान गरिएको छ ।रुकुम निवासी राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरी, संघिय सांसद तिर्था गौतम, जाजरकोटका नेपालीका काँग्रेसका नेता राजिव बिक्रम शाह, नेपाली काँग्रेस रुकुम। पश्चिमका सभापति प्रेमप्रकाश ओली र चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले पीडित परिवारलाई किरिया खर्च स्वरुप सहयोग उपलब्ध गरेका हुन  । टिकारामको किरिया खर्चको लागि रु.१ लाख सहयोग उपलब्ध भएको छ ।

शुक्रबार चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले मृतकका परिवारजनलाई रु.३० हजार र खाद्यन्न सामाग्री उपलब्ध गराएका थिए  । त्यसै गरी शनिबार  राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरीले १० हजार, संघिय सांसद तिर्था गौतमले १० हजार, काँग्रेस नेता राजिव बिक्रम शाहले  २५ हजार र नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले २५ हजार सहयोग प्रदान गरेका हुन  ।

सहयोगी सबै व्यक्तिहरुले टिकाराम लगायत उक्त घटनामा मारिएका परिवाजनले न्याय पाउनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारबाहि हुनुपर्ने बताएका थिए  ।  उक्त घटना अकल्पनिय र बर्बरतापुर्ण रहेकोले घटना अनुसन्धान प्रक्रियामा सहयोग गरेर पीडितलाई कारबाहि गराएरै छाड्ने सबैले  प्रतिबद्धता जनाए ।

Recent Update