November 28, 2020, Saturday
२०७७ मंसिर १३

एनआरएन साउदी द्वारा पाँचौ हप्ताको गतिविधि सार्वजनिक

351

एनआरएनए साउदी अरबले काेराेना भाइरस उद्दार तथा राहत अन्तर्गत साप्ताहिक गतिविधि सार्वजनिक गरेको छ ।साप्ताहिक रुपमा सार्वजनिक गरिने उक्त गतिविधिकाे पाँचौ हप्ताको गतिविधि सार्वजनिक गरेकाे हाे । गतिविधि अन्तर्गत बिभिन्न सामाजिक सञ्जाल तथा ब्यक्ती मार्फत संक्रमित नेपालीको संख्या अझै बढेको खबरहरु आए पनि हाल सम्म सम्बन्धित निकाय बाट आधिकारिक पुष्टि नभएको बताइएकाे छ ।

हाल सम्म गैर आवासिय नेपाली संघ साउदीकाे सम्पर्कमा आएका १६ जनालाई याे हप्ता राहत वितरण गरि अहिलेसम्म जम्मा २ सय ८१ जना नेपाली पीडितहरुलाई साउदी स्थित नेपाली कुटनितिक नियोगहरु सँग समन्वय र पहलमा तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको एनआरएनए साउदीका प्रवक्ता विष्णु न्याैपानेले बताए ।

यो कार्यलाई अझ शसक्त रूपमा निरन्तरता दिन पीडितहरु समक्ष तत्काल पहुँच होस भन्ने उदेश्यले संघको कोरोना उद्दार कार्यदल कमिटीकाे हरेक साता भिडियो मिटिङ गर्दै राहत तथा उद्दारमा तयारी अवस्थामा रहेको पनि प्रवक्ता न्याैपानेले बताए ।

रमजान ईदको छुट्टीको समयमा सरकारले २४ घन्टे कर्फ्यु आदेश जारी गरेकोले याे हप्ता अभियान प्रभावित भएको समेत बताइएको छ । हालकाे मुख्य समस्या भनेको साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्ताकाे प्रबन्ध मिलाउनु पर्ने रहेको निष्कर्ष संघले निकालेको छ ।उक्त कुरा महावाणिज्य दुत रेवती रमण पौडेलले छिट्टै नै अन्दाजी ५ देखी ७ हजार जनालाई नेपाल फिर्ता लैजाने प्रबन्ध गरिने जसमा बिरामी, अबैधानिक, भिजिटमा आएकालाई पहिलो प्राथमिकतामा राखेको बताएकाे पनि संघले जनाएको छ ।

साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जीवन रक्षा,स्वदेश फिर्ता साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वयको पाँचौं  हप्ता पार गरेको संघले जनाएको छ ।काेराेना भाइरस महामारीका कारण समस्या परेका नेपालीको लागि साउदीमा एनआरएनले नेपालीको उद्दार तथा राहत उपलब्ध गराउदै आएको छ ।

Recent Update