January 27, 2021, Wednesday
२०७७ माघ १५

सल्यान जादै गरेको गाडी बाँकेमा दुर्घटना, ११ जनाको मृत्यु, २२ जना घाइते 

996


बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, ११ जनाको मृत्यु भएको छ । आइतबार मध्यराती भएको दुर्घटना अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा दुर्घटना भएको हो ।दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको प्रहरीले बताएको छ । ना. ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा निधन हुने काे पहिचान गर्न सुरु गरेको बाँके प्रहरीले जनाएको छ ।