November 25, 2020, Wednesday
२०७७ मंसिर ११

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण ,जम्मा संख्या १ सय ७६

651

कर्णाली प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।

यो सँगै दैलेखमा  मात्रै संक्रमितको संख्या ७२ पुगेको छ भने कर्णाली प्रदेशभर १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

Recent Update