June 23, 2021, Wednesday
२०७८ असार ९

राष्ट्रिय दलित आयोगको प्रमुख सल्लाहकारमा चर्चित समाजसेवी बैद्य मनोनित

413

राष्ट्रिय दलित आयोगको प्रमुख सल्लाहकारमा राष्ट्रिय समाजसेवी प्राध्यापक डाक्टर जगदिश बैद्य लाई मनोनित गरिएको छ । आयोगको पदाधिकारी बैठकले बैद्यलाई प्रमुख सल्लाहकार पदमा मनोनित गरिएको आयोगले जनाएको छ ।जातिय विभेदका विरुद्ध लामो समय देखि गर्नु भएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गरेर बैद्य लाई आयोगको प्रमुख सल्लाहकारमा मनोनित गरिएको हो । जातिय समानता र पिछडिएका वर्गको उत्थानका लागि डा.बैद्यले लामो समय देखि विभिन्न कामहरु गदै आउनु भएको छ ।

राष्ट्रिय दलित आयोगले राष्ट्रिय समाजसेवी बैद्य प्रमुख सल्लाहकारमा मनोनित भएपछि यस क्षेत्रको दिगो विकासका लागि थप योगदान हुने अपेक्षा समेत आयोगले गरेको छ । २०३५ साल देखि समाजसेवामा निरन्तर रुपमा काम गदै आएका बैद्यले राष्ट्रिय संकटका हरेक समयमा नागरिक सेवाका लागि विभिन्न कार्यहरु गदै आएका छन।
बैद्य राष्ट्रिय दलित आयोगको प्रमुख सल्लाहकारमा मनोनित भएसंगै आयोगका माननीय मेहल पार्किको सहभागितामा कर्णाली प्रदेशका गरिव तथा विपन्न वर्गका २९ परिवारलाई २५ हजार वरावरको खाद्यान्न सामग्री समेत वितरण गरिएको छ ।यस्तै उपचार खर्च तथा दाहसंस्कार गर्न नसक्ने परिवारलाई आर्थिक सहायता प्रदान गदै आएकाे बैद्यका निजि सचिव पदमलाल महर्जनले जानकारी दिए