November 28, 2020, Saturday
२०७७ मंसिर १४

पछिल्लो २४ घण्टामा थपिए दुई सय २६ संक्रमित

741

नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्। 


झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।  
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।  तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ। 

Recent Update