October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

दक्षिण काेरियामा बेहाेस भएर एक नेपालीको निधन

5K

दिपक सिंजाली

काेरियामा एक जना नेपालीको सुतेको ठाउँमा अचेत भई निधन भएको छ । साेमबार बिहान ३ बजे रुकुमको मुसिकाेट निवासी दिपक सिंजालीकाे काेरियाकाे छन्नानमा निधन भएको हाे ।राति साथी सँगै सुतेको समयमा एक्कासि बेहाेस हुदा अस्पताल लिए पछि उनको निधन भएको हाे । हृदयाघातकै कारणले निधन भएको आशंका गरेपनि रिपोर्ट आएपछि मात्रै थाहा हुने उनका साथीहरूले बताएका छन ।

उनको शव छन्नान स्थित एक अस्पतालमा राखिएको छ । भाषा परीक्षा मार्फत दक्षिण काेरिया पुगेका उनी विगत ९ बर्ष देखि काेरियामा बस्दै आएका थिए । पछिल्लो समय जि वान भिषा लिएर बसेका दिपककाे घरमा श्रीमती एक छाेरी र आमा छन । घटनाले मर्माहत भएको र बाँकी प्रकृयाकाे लागि सबै सँग समन्वय गरिने राप्ती समाज दक्षिण काेरियाका संस्थापक अध्यक्ष सुक थापाले बताए । पछिल्लो समय दक्षिण काेरियामा हृदयाघात बाट निधन हुने नेपालीको संख्या बढिरहेको बताइएको छ ।

शवकाे काेराेना परिक्षण पछि मात्रै अरु प्रकृया सुरु हुने जानकारी अस्पतालले दिएको हामी नेपाली ग्लाेबल दक्षिण काेरिया कि अध्यक्ष अम्बिका डिसि पार्कले जानकारी दिइन । सबै तिर सहकार्य भैरहेको छ घटनाले निकै दुखि छु अम्बिकाले भनिन् ।

Recent Update