April 18, 2021, Sunday
२०७८ बैशाख ६

धरान बाट १८ जना काेराेना संक्रमित डिस्चार्ज भए

225

प्रदेश १ बाट थप १८ जनाले कोरोना जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् ।

उनीहरुलाई सोमबार राति डिस्चार्ज गरिएको छ । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।