August 1, 2021, Sunday
२०७८ श्रावण १८

चाैकि आक्रमण गर्ने वडा अध्यक्ष सहित तीन पक्राउ अन्यकाे खाेजीकार्य जारी

503

मंगलबार राति मुसिकाेट नगरपालिका वडा नम्बर १४ स्थित प्रहरी चाैकिमा आक्रमण तथा ताेडफाेड गर्ने वडा अध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मदिरा सेवन गरि नियाेजित ढंगले प्रहरी चाैकिमा आक्रमण गर्ने मुख्य याेजनाकार वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी र उनका सहयोगी साेहि निवासी ,राजन के.सी र खिलराज गिरी मुसिकाेट कै टोड्के एरियावाट पक्राऊ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।घटनामा संलग्नहरुकाे ब्यापक खाेजि कार्य भैरहेको पनि प्रहरीले जनाएको छ ।उनिहरुलाई अभद्र ब्यबहार अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।