June 23, 2021, Wednesday
२०७८ असार ९

हराउँदै छन अक्सिजन सिलिन्डरहरु

91

अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ ।
संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् ।उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिन्डर लगेका छन् ।