June 23, 2021, Wednesday
२०७८ असार ९

गोर्खा ब्रुअरीको पहलमा सिंगापुरबाट आयो २५ करोड बराबरको स्वास्थ्य सामग्री 

118

गोर्खा ब्रुअरीको सक्रियतामा सिंगापुरबाट २५ करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री सहयोग नेपाल आएको छ । गोर्खा ब्रुअरीसँगै सिंगापुरका तामासेक फाउन्डेसन र लोटस लाइफ फाउन्डेसन, कूटनीतिक नियोगहरू र प्रवासी नेपालीको सहकार्यमा सहयोग प्राप्त भएको हो । 

सहयोग सामग्री दाताहरूका तर्फबाट ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको जनाइएको छ । सहयोग सामग्रीमा १ लाख २३ हजारभन्दा बढी सिंगापुरको विज्ञान प्रविधि र अनुसन्धान एजेन्सीले डिजाइन गरेको फोर्टिट्युड ३.० पिसिआर परीक्षण रहेको छ । त्यस्तै, ए स्टार ५ हजार बाकस, सिटोटेस्ट स्वाब किट्स २ लाख ५० हजार, २ थान म्याजेक, ३२ आरएनए निकसी मेसिन, २ हजार ५ सय निकासी किट र रिएजेन्ट्स रहेको जनाइएको छ ।
सहयोगमा ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल वि–पिएपी, नन–इन्भेसिभ भेन्टिलेटरहरू र ४ हजार पल्स अक्सिमिटर रहेको कम्पनीले जनाएको छ । मेडिकल आपूर्तिको दोस्रो कार्गो केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।नयाँ पत्रिका बाट