June 23, 2021, Wednesday
२०७८ असार ९

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी

112

अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते राति सकिँदै गर्दा, काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता लम्बिने भएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा  कडाइका साथ एक हप्ता थप्ने निर्णय गरेका हुन्।

निषेधाज्ञा थपबारे भोलि उपत्यकाका तीनैवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । भोलिको बैठकले निषेधाज्ञा थपसहित अन्य आदेश जारी गर्ने बताइएको छ।