October 31, 2020, Saturday
२०७७ कार्तिक १५

आफ्नो गाउँ आफै बनाउन जुटे स्थानीय युवाहरु

618

रुकुम पश्चिमका एक गाउका युवाहरूले श्रमदान गरि स्थानीय बाटो निर्माण गरेका छ्न । लकडाउनमा त्यतिकै घरमा बसेर समय खेर फाल्नु भन्दा लकडाउनकाे सदुपयोग गर्दै रुकुम पश्चिम आठबिसकोट १४ का युवाहरूले स्थानीय बाटो निर्माण गरेका हुन । युवाहरूले जनबिकास माबि ज्यामिरकोट टाकुरा जाने बाटो निर्माण गरेका हुन । दुईदिन लगायर करिब १५ जना युवाहरूले ५० हजार बराबरको काम स्थानीय बाटो निर्माण गरिदिएका हुन ।

साथै युवाहरुले बिद्यालयको सरस्वती मन्दिर र मानिस मरेको बेला गरिने संस्कारमा बस्ने घर पनि बनाउने एक युवा बालकृष्ण मल्लले बताए । अब गाउको बिकास गर्न आमाबुबाको मात्र युवाहरू भर पर्न नहुने अर्का युवा आदर्श मल्लले बताए । दुईमहिना देखी गाउमा कुनै नया मान्छेको आगमन नभएको र कोहि पनि बिरामी नपरेकोले सामान्य कामकाजमा युवाहरु फर्कीएका हुन ।

Recent Update