June 23, 2021, Wednesday
२०७८ असार ९

भारी वर्षासँगै हिमपातको सम्भावना 

93

बंगालको खाडीबाट आएको  ‘यास’ चक्रवातको प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको  ‘यास’ चक्रवातको बिहीबार नेपालमा आंशिक प्रभाव रहेको छ । 

महाशाखाका अनुसार उक्त चक्रवातको प्रभावका कारण बिहीबार बिहान प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली, उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षा हुनसक्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।