October 28, 2020, Wednesday
२०७७ कार्तिक १३

बातावरणीय महामारीको भुमरीमा सर्वश्रेष्ठ प्राणी

1.6K

टिकाराम खड्का



आज जुन ५ अर्थात विश्व बातावरण दिवस, आउनुस २ मिनेट हामी मानिस र बातावरणका केहि कुरामा चित्त लगाउ । हिन्दु सनातन र्धमको धर्म ग्रन्ध गिता ले भनेको छ Environment is not ours to take and leave it is ours to make (०९.१०)1 सायद मानिसले यति मात्र मर्मलाई बुझिदिएको भए मानव सभ्यताले बेला बेलाका विनासकारी प्रलय, रोग ब्याधि, माहामारीको क्षेती बेहोर्नु पर्ने थिएन । मानिसले पालना गर्नु पर्ने न्युनतम प्राकृतिक सिमाहरु पार गरेको परिणाम नै आज हामी मानव सभ्यता नै अन्त हुन्छ कि भन्ने आशंका गर्न बाध्य भएका छौं । पृथ्वीको बायुमण्डलीय बातावरणलाई असन्तुलन प्रैदा गर्ने विभन्न तत्वहरु मध्य कार्वन डाई अक्साइड (CO2) जस्तो ग्यास करिव ९९.९ प्रतिशत ढुङगा, त्यसमा पनि चुन ढुङगामा रहेको हुन्छ २ । मानिसले सिमेन्ट लागाएत औधोगिक निर्माणका काममा ढुङगाको प्रासोधन गर्दा कालान्तरमा त्यो सबै CO2ग्याँस बायुमण्डलमा नै जम्मा हुने हो । त्यो भयावह अवस्थाको हामी अनुमान गर्न पनि सक्दैनौं ।

विभिन्न अध्यनले देखाएको तथ्याङ्क अनुसार हाल पृथ्वीको बायुमण्डलमा ४१४.११ppm कार्वनडाई अक्साइड रहेको छ ३ जसको अर्थ एक एकाइ हावामा दशलाख अक्सिजनका mयभिअगभ मध्य ४१४.११ वटा कार्वनडाई अक्साइडका molecue भन्ने हो जवकी ३५०ppm भन्दा बढिलाई खतराको स्तर मानिन्छ । करीव ८ सय बर्ष यताको यो नै सबै भन्दा उच्च विन्दु रहेको छ । र अझै यो माथी जाने निश्चित छ । किनकी मानीसले आफ्ना आवस्यकता र महत्वकांक्षाहरु पुरा गर्न यहि प्रकृति र बातावरण बाहेक अन्य कुनै श्रोत बाट कुनै पनि साधन प्राप्त गर्ने अवस्था आजको दिन सम्म छैन ।


बातावरणीय क्षती सँगै, यसमा आएको असन्तुलनको कारण नै आज मानिसको स्वास्थ्यमा ठुला ठुला चुनौती खडा गर्ने महामारी जन्य रोगहरु देखा परी रहेका छन् । हामीले आफैलाई प्रश्न गर्नु पर्ने बेला भएको छ । इतिहासमा मानव सभ्यतालाई नै हल्लाउने गरी आएका महामारीहरु के प्राकृतिक थिए रु जसमा ज्यान गुमाएका करोडौ मानिसहरु चाल्र्स डार्विनको सिद्धान्त”Survival of the fittest” ले ब्याख्या गरे अनुसार नै यो धर्तीमा फिट हुन नसकेका हुन रु आज हरेक बर्ष १ करोड मानिस क्यान्सर रोगका कारण मर्ने गरेका छन भने संसार भरी कुल विश्वको १।३ प्रतिशत जनसंख्या कुनै न कुनै क्यान्सर बोकेर बसेका छन ४ । आज संसारमा मर्ने हरेक मानिसमा प्रत्येक पाँच जना पछाडी छैठौं क्यान्सरको कारण हुने गरेको छ । त्यसै गरि WHO को स्वास्थ्यमा बातावरणीय प्रभाव प्रतिबेदन २०१६ अनुसार प्रत्यक चार मध्य १ मृत्यु बातावरणीय कारणले भएको देखाएको छ । भक्खर जन्मदै गरेको बच्चा समेत आमाकै पेटबाट क्यान्सर बोकेर जन्मेको प्रसस्त उदाहरण छन, University of Washington ले सार्बजनकि गरेको अध्यनको निष्र्कषले कुल क्यान्सर रोगी मध्य ०.४७ प्रतिशत अर्थात करिव ४ लाख हाराहारीमा पाँच बर्ष मुनिका मात्र रहेका छन् । माथिको क्यान्सर रोगको मात्र उदाहरण लाई हेर्ने हो, भने आजका दिनमा पृथ्वी बासिका लागि सबै भन्दा ठूलो चुनौती नै बातावरणीय माहामारी विरुद्धको लडाई पहिलो नम्बरमा आउदछ ।


त्यसो भए के हो त बातवरणीय माहामारी रु पृथ्वीको जमिन, पानी र हावामा प्राकृतिक वा अप्राकृतिक जुन कुनै पनि कारणले विकार युक्त राशायणीक जैविक, तथा अन्य कुनै पनि विकार युक्त तत्वको मिसावटका कारण मानव जैविक प्रणाली र स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावको विकराल अवस्था नै बातावरणीय महामारी हो । यस्तो माहामारी दिनानुदिन बढ्नुका कारण के हुन रु एक पटक शान्त मन र सन्तुलित दिमागले सोच्ने हो भने, मावन सभ्यता र जीवनको बृहत्तर चक्रलाई अविराम अग्रगामी चलायमान बनाउने मुख्य तत्व हावा पानी र माटो नै हो । यसको महत्वलाई नजरअन्दाज गर्दै कृतिम र खोक्रो सान , आर्थिक, राजनैतिक, अभिष्ट पुरा गर्न, सर्बशक्तीमान हुने र बिशिष्ट शक्ति, सत्ता प्राप्तीको मोहमा मानिसले प्रकृतिको निःशुल्क अनुपम उपहारलाई चिन्न नसक्नु नै बातावरणीय महामारीको मुल कारण हो जसको चर्को मुल्य आज हामी चुकाई रहेका छौं र अझै अगामी दिनमा हाम्रा सन्ततीले समेत यसको हिसाव बुझउनु पर्ने छ ।


संसारको अर्थतन्त्र, राजनिति, र सर्बसत्ता लाई हल्लाउने इतिहासका माहामारीहरु र आजका दिनमा देखिएका SARC, MERS, Ebola, र अन्य Virus सन २०२० सँगै देखिएको Covid-19 को विश्व ब्यापी संक्रमन । के यि पनि बातावरणीय महामारी कै रुप हुन रु प्रश्ट र यकिन साथ कसैले भन्न नसके पनि बातावरणमा मिसियका रसायण, विषादी र धेरै प्रकारका ग्याँसको कारण नै मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने देखि मृत्युको बबन्डर नै मच्चाउने Virus हरुको संक्रमन, प्रशासरण, र बृद्धि भएको तथ्यमा विश्वास गर्ने प्रसस्त आधारहरु छन् । Virus हरु आफ्नो प्राकृतिक रुप र host लाई छोडेर अन्य जीव जन्तुमा पनि विकसीत हुनु , विश्व ब्यापीकरणले बिश्वका सबै मानिस लाई साधुरो बनाएर राख्नु, यातायातका आधुनिकत र गतिवान यानहरुको विकासले यिनै Virus लाई पृथ्वीको एक कुना बाट सजिलै अर्को कुनामा लैजानु , अधिक जनसंख्या र उच्च मानव घनत्व तथा खाद्यय संकट आदि सबै Virus ले माहामारी सृजना गर्ने बातावरणीय कारण बनेका छन् । उत्तर आधुनिकता र बैज्ञानिक अविस्कार सँगै चमत्कार पूर्ण प्रगतिको बिजयी मनोभावमा रमाई रहेको शृष्टिको सर्बशक्तिमान, विबेकशील प्राणी यदाकदा अदृश्य, जीवको समेत दर्जा नपाएका, यसै शृष्टिका तुच्छ, र शुस्म रचनाहरु सँग हारी रहेको छ ।

यिनै हारहरु बाट मानिस सिक्दै आजको अवस्थाममा आएको हो । यद्यपी अझै यो प्रकृति र घटनाहरु बाट सिक्दै अगाडी बढ्नु पर्ने अपरिहार्यताको बोध हुदै गएको छ ।
सन १९८४ को भुपाल दुर्घटना होस या सन १९५२ को लन्डनमा लागेको बादल, या हालै २०१९को सेप्टेम्वर मा अष्टलियामा भएको बन डढेरो होस, यि सबै तत्कलिन रुपमा दुर्घटना जस्ता देखिए पनि बायु मण्डलमा फैलीएका ग्याँस र विकिरणहरुले मानव स्थास्थ्यमा एक महामारी कै अवस्था सृजना गरेका थिए । यि र यस्ता सैयौं घटना पछि पनि मानिसले प्रकृतिलाई बुझन नसक्नु नै आजको प्रमुख समस्या हो ।

हाल विश्व भरी मानव मृत्युका प्रमुख चार वटा कारण मुटु रोग, क्यान्सर, स्वास प्रस्वास सम्वन्धि रोग र फोक्सोको संक्रमन रहेका छन । सन २०१७ को तथ्याङकले कुल ५६ मिलियन मानिस मृतक मध्य ३३.८२ मिलियन मानिस यिनै ४ रोगका कारण मरेको देखिन्छ । यो कुल मृत्युको करिव ६१ प्रतिशत हो । सोचनिय कुरा त के हो भने यि सबै रोगमा हाल सम्म बातवरणलाई नै मुख्य कारण मानिएको छ । अझ विकसित देशमा हेर्ने हो भने यो दर अझ बढि छ । माहामारी तथा रोगको प्रभाव केवल मृत्यु सँग मात्र छैन, यसले समकालिन अर्थ राजनैतिक ब्यवस्थालाई समेत परिर्वतन गरिदिन्छ । माहामारी सँग भयावह मानवीय संकट त आउछ नै साथमा मानिसका लागि गहिरो सिकाई, प्रतिरोधात्मक क्षमता र अनुकुलनको पाठ सिकायर जान्छ । तर बातावरणीय महामारीका नखोलीयका, जान्ने प्रयास नगरीएका र जानेर पनि बुझ पचाईएका ति तमाम पक्षहरुमा अझै बृहत्तर सोच र साझ सवालको रुपमा काम नगरी अर्थ राजनैतिक,र शक्ति सत्ताको प्रतिस्प्रधा आज विश्व कुदि रहेको छ । मान्छे एकातिर अन्तरिक्षका अर्कै ग्रहमा मानव बस्ति बसाल्ले सपना देख्दै छ त अर्को तिर यहि एक नाजुक पृथ्वीमा अदृश्य, सुक्ष्म भाइरस, जिवाणु र अज्ञात रोग सँग जीवनको सर्घष गर्दै छ । पृथ्वीका सर्बश्रेष्ठ प्राणीको पगरी गुथेका हामी मानवहरु, हामी आफुबाहेक हरेक लाई आफ्नो प्रतिस्प्रधि मानेर जुन रप्तारमा ब्रमाह्ण्डनै जित्ने रम्तारमा लागेका छौं, यदि यहि रप्तारले बातावरणीय सन्तुलन विग्रयो भने पहिलो हार मानव सभ्यता कै हुने छ । र अर्को मानव सभ्याता पाउन फेरी यि धर्ती माताले कति करोड बर्ष कुर्नु पर्ने हो त्यो अलग बैज्ञानिक लेखाजोखाको विषय हुन सक्छ ।

References

  1. Bhagabat Gita As it is Banaras 2002
    2.https://www.abc.net.au/news/science/2015-11-30/the-carbon-cycle-short-and-long/6973710https://www.abc.net.au/news/science/2015-11-30/the-carbon-cycle-short-and-long/6973710
    3https://www.esrl.noaa.gov/gmd/ccgg/trends/-2020Feb http://www.ncdc.noaa.gov/paleo/globalwarming/temperature-change.html.
    4 . Institute for Health Metrics and Evaluation
    5.Global Burden of Disease Collaborative Network. Global Burden of Disease Study 2017 (GBD 2017)
    -Leowski, J. 1986. Mortality from acute respiratory infections in children under 5 years of age: global estimates. World Health Stat. Q. 39:138-144. [PubMed]
    -Miettinen, O.S. 1985. Theoretical Epidemiology: Principles of Occurrence Research in Medicine. New York: John Wiley & Sons. 359 pp.
    -http://www.ren21.net/wp-content/uploads/2016/06/GSR_2016_Full_Report_REN21.p

लेखक :टीकाराम खडका, विपद् ब्यवस्थापन तथा सरसफाई परार्मशदाता

Recent Update