May 15, 2021, Saturday
२०७८ जेष्ठ २

कैलालीका पाँच जना काेराेना जितेर घर फर्के

248

कैलालीको जानकी गाउँपालिकाका पाँच पुरुष कोरोना जितेर शुक्रवार घर फर्किएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि टीकापुर अस्पतालको आइसोलेसनमा रहेका उनीहरु शुक्रबार डिस्चार्ज भएका हुन्। 

कोरोना जित्नेमा जानकी गाउँपालिका-३ भगतपुरका ३८, वडा नम्बर ७ कञ्चनपुरका १९ र २१ वर्षीय पुरुष रहेका छन्। त्यस्तै वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुष रहेका छन्। कैलालीको टीकापुरस्थित अस्पतालमा उपचारार्थ आइसोलेसनमा रहेका उनीहरुलाई टीकापुर अस्पताल व्यवस्थापन समितिले विदाइ गरेको हाे ।