July 30, 2021, Friday
२०७८ श्रावण १५

लागु औषध चरेस सहित प्रहरीद्वारा ३ जना पक्राउ

306

बर्दिया प्रहरीले लागू औषध सहित तीनजनालाई पक्राउ गरेको छ ।बाँके खजुरा गाउँपालिका वडा नं ६ सिमलघारी का वर्ष २६ का कमल बिश्वकर्मा,साेहिका ३२ वर्षका कालि बहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ शितलाबजारका वर्ष ४८ का बल बहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शंकास्पद तरिकाले उभिएर कुरा गरीरहेको अवस्थामा फेला पारी निजहरुलाई खानतलासी गर्दा निजहरुको साथमा रहेको कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा राखेको लागु औषध चरेस ६९४ ग्राम फेला पारी फेला परेको लागु औषध सहित निजहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायीक बन नजिक बाट उनीहरू लाई पक्राउ गरेको हो