July 30, 2021, Friday
२०७८ श्रावण १५

गरिबी निवारण कार्यक्रम खारेज ,संस्थाहरुलाई सहकारीमा रुपान्तरण गरिने

93

सरकारले गरिबी न्युनिकरणाकाे लागि विभिन्न जिल्लामा संचालन गरेको गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

अब गरिबी निवारणका संस्थाहरुलाइ सहकारीमा रुपान्तरण गर्ने सरकारले जनाएको छ।गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।