July 30, 2021, Friday
२०७८ श्रावण १५

विद्यार्थीलाई खाजा खुवाउन ८ अर्ब ७३ करोड बिनियोजन

174

अर्थमन्त्री विष्णु पौडेलले बिद्यार्थी खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड बिनियोजन गरेको बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

सबै सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि यो रकम छुट्याइएको हो । यो कार्यक्रमबाट बिद्यार्थीहरुले पोषणस्तर सुर्धान विद्यालय छोड्ने प्रवृति अन्त हुने उनको भनाई छ ।