July 30, 2021, Friday
२०७८ श्रावण १५

पत्रकारलाई दुर्घटना बीमा र निशुल्क उपचारको व्यवस्था गरिने

220

सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराएका हुन् । 

यस्तै आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था समेत मिलाइएको पौडेलले जानकारी दिए ।