July 30, 2021, Friday
२०७८ श्रावण १५

गृह मन्त्रालय र रक्षा मन्त्रालयकाे बजेट वृद्धि भयो

2.6K

आगामी आवका लागि गृह र रक्षा मन्त्रालयको बजेट वृद्धि भएको छ । गृहको बजेट करिब २८ अर्ब बढेको छ । आगामी आवमा गृह मन्त्रालयका लागि एक खर्ब ६६ अर्ब ९० करोड ३५ लाख विनियोजन गरिएको छ । जुन कुल बजेटको १०.१३ प्रतिशत हो । गृहअन्र्तगत करिब ८० हजार नेपाल प्रहरी र ३७ हजार सशस्त्र प्रहरी बल भएकाले त्यसमध्ये धेरै रकम तलबभत्तामा जान्छ । चालु वर्ष गृह मन्त्रालयको बजेट एक खर्ब ३८ अर्ब ६२ करोड रुपैयाँ थियो ।

आगामी आवका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीको रासनभत्ता १५ प्रतिशत वृद्धि गरिएको छ । दुवै निकायमा ६ वर्षदेखि रासनभत्ता वृद्धि भएको छैन । गृह मन्त्रालयले पछिल्लो ६ वर्षमा ३३ प्रतिशत मूल्यवृद्धि भएको भन्दै त्यहीअनुसार रासनभत्ता बढाउन सिफारिस गरेको थियो । तर, त्यसको आधा पनि वृद्धि भएन । अपेक्षित रासनभत्ता नबढेपछि सुरक्षा निकायमा असन्तुष्टि छ ।