July 30, 2021, Friday
२०७८ श्रावण १५

देशभर सशस्त्रका एक सय २० बिओपी थपिने

487

सरकारले आगामी आर्थिक वर्षमा सीमामा एक सय २० वटा बोर्डर आउटर पोस्ट (बिओपी) थप्ने जनाएको छ । बजेट भाषणमा बिओपी थप्ने घोषणा गरिएको छ । सरकारले सीमामा पाँच सय बिओपी पुर्‍याउने लक्ष्य लिएको छ ।

चालु वर्षमा पनि एक सयभन्दा धेरै बिओपी थप भए पनि जनशक्ति र पूर्वाधार भने थप हुन नसक्दा प्रभावकारी हुन सकेको छैन । बिओपीमा सशस्त्र प्रहरी बल खटिँदै आएको छ । 

बजेटमा सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता दिइएको छ । राष्ट्रिय प्रतिरक्षा विश्लविद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।