July 30, 2021, Friday
२०७८ श्रावण १५

सुदूरपश्चिममा ओली पक्षका सांसदलाई नेपाल पक्षले सोध्यो स्पष्टीकरण

205

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई स्पष्टीकरण सोधेको छ ।

एमाले सुुदूपश्चिम प्रदेशका संसदीय दलका नेता माधवकुमार नेपाल निकटका प्रकाशबहादुर शाह रहेका छन । दलको बैठकविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै शाहले स्पष्टीकरण सोधेका हुन् ।

स्थायी कमिटी बैठकको निर्णयविपरीत संसदीय दलले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयपछि शाहसहित सरकारमा सामेल तीन प्रदेशसभा सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।