July 30, 2021, Friday
२०७८ श्रावण १५

बजेटमा मदिरा व्यावसायीकाे प्रतिक्रिया :स्वदेशी महंगो विदेशी सस्तो बनाएर के फाइदा?

1K

सरकारले शनिबार प्रस्तुत गरेको बजेटकाे विषयमा निजि तथा व्यवसायी क्षेत्र बाट विभिन्न प्रतिक्रियाहरु आइरहेका छन ।नेपाल उद्योग बाणिज्य महासंघले बजेट व्यावसायीहरुकाे पक्षमा मलम लगाउने खालको भनेर प्रतिक्रिया दिएको छ ।तर समग्र बजेटकाे राजस्व संकलनकाे २३ प्रतिशत हिस्सा ओगटने मदिरा व्यवसाय क्षेत्राा भने बजेटले उथलपुथलता सृजना गरेको प्रतिक्रियाहरु आएका छन्।

वियर, ह्विस्की, वाइन लगायतका मदिराजन्य वस्तुमा अन्तःशुल्क बढाएर सरकारले नेपाली मदिरा कम्पनीहरुलाई धरासायी बनाउन खाेजेकाे समेत व्यवसायीले प्रतिक्रिया दिएका छन्। नेपाल मदिरा ब्यवसायी महासंघले शनिवार प्रस्तुत भएको आर्थिक वर्ष २०७८/०८९ को बजेटमा मदिराजन्य ब्यवसायमा सरकारले निर्धारण गरेको अन्तःशुल्क अस्वभाविक भएको भन्दै असन्तुष्टि जनाएको हो ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष साेनाम शेर्पाले सरकारले अन्तःशुल्क अस्वभाविक रुपमा बढाएर नेपालको मदिरा स्वदेशमै विश्वकाे महँगो बनाउन खाेजेकाे बताउनु भयो । यस्तो शैलिले राज्यलाई नै घाटा हुने अध्यक्ष शेर्पाले बताउनु भयो ।घरेलु मदिराको उत्पादन र व्यापार बढछ्,विदेशी मदिरा आयात पनि बढ्छ उहाँले भन्नू भयो ।मदिरा महंगो हुदा व्यापार हुदैन ,व्यापार नभए कम्पनी बन्द हुन्छन् ,अनि राज्यले कसरी लक्ष्य हासिल गर्छ अध्यक्ष शेर्पा भन्नुहुन्छ ।

यस्तै मदिरा व्यवसायकाे विक्रि वितरणमा ठुलो व्यापार ओगटेको क्षेत्र काठमाडौ मदिरा व्यवसायी संघका अध्यक्ष गाेविन्द बराल मदिराजन्य वस्तुमा अन्तःशुल्क बढाउनु अवैज्ञानिक भएको बताउनु हुन्छ्।यसको असरकाे बारेमा सरकार गम्भीर हुनुपर्थ्याै,मदिरामा अन्त:शुल्क बढाएर राजस्व संकलन गर्ने सरकारकाे जुन लक्ष्य त्यो चुनाैतपुर्ण छ बराल भन्नुहुन्छ ।

विदेश उत्पादित मदिरा नेपालकाे भन्दा आधा मुल्य सस्तो आउने भएकाले मदिराको अबैध कारोवार वढ्न सक्छ,मदिरा बिक्री नभएर कम्पनी बन्द हुन सक्ने समेत बराल बताउछन् ।काठमाडौमा एक महिनामा सरदर ३५ लाख लिटर मदिरा खपत हुन्छ,त्यसबाट सरकारलाई झन्डै साडे २ अरब राजस्व संकलन हुन्थ्यो अब त्यो अवस्था नहुन सक्छ अध्यक्ष बरालको भनाइ छ ।