July 30, 2021, Friday
२०७८ श्रावण १५

तोकिएकै मितिमा महाधिवेशन हुन्छ अब समयावधि थप्न सम्भव छैन: सुजाता कोइराला

248

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनै पनि बहानामा कांग्रेसको १४औँ महाधिवेशन रोकिनु नहुने बताएकी छन् । आइतबार नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले पार्टीको विधानानुसार अब समयावधि थप्न सम्भव नभएकाले तोकिएकै मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको बताइन् । बरु, पार्टी अधिवेशनको निर्वाचन प्रणालीमा परिमार्जन गर्न सकिने उनले बताइन् ।