November 25, 2020, Wednesday
२०७७ मंसिर ११

अमेरिकामा जनसम्पर्क समितिले टाक्स फाेर्स मार्फत सहयोग गरिरहेको छ : महासचिव मुनेन्द्र नेम्वाङ

1.2K

मुनिन्द्र नेम्वाङ

काेराेना भाइरल महामारी बाट पिडित बनेका नेपाली नागरिकको उद्दार राहत तथा सहयोगकाे लागि नेपाली जनसम्पर्क समितिले टाक्स फाेर्स गठन गरेर काम गरिरहेकाे बताएको छ ।कोरोना संक्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समिति नेपाली जनसम्पर्क समिति अमेरिका महासचिव तथा, संयोजक मुनिन्द्र नेम्बाङले नेपालीकाे उद्दार तथा राहतमा सबै सँग सहकार्य गरेर निरन्तर काम गरिरहेकाे बताए ।गत मार्च २३ मा केन्द्रीय समिति र सबै च्याप्टर सभापतिहरूको संयुक्त बैठकले सम्भावित जोखिम तथा रोकथाम नियन्त्रणका साथै समुदायका संक्रमित सदस्यहरूलाई सहयोगको लागि आवश्यक परामर्श समितिहरू गठन गरेर कामहरु अगाडि बढाएको नेम्वाङले बताए ।

सरकारी सहयोग तथा श्रोत परिचालन समितिले महामारीबाट नेपाली समुदायलाई जोगाउन अमेरिकाको २२ वटा राज्यका च्याप्टरहरूमा जनसम्पर्क, समाजसेवी र विज्ञहरू सम्मिलित टाक्स फोर्स गठन गरेर निरन्तर अगाडि बढिरहेको हाे ।नेपाली जनसम्पर्क समितिको न्यूयोर्क टाक्स फोर्सले कोरोना बाट प्रभावित नेपाली समुदायलाई जोगाउन, विभिन्न संघसंस्था मार्फत तथा व्यक्तिगत तवरले समेत समुदायका संक्रमित सदस्यले पाउने गरी स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन सुरू गरेको हो ।

उक्त समय अमेरिकि सरकारले दिएको निर्देशनलाई पालना गर्दै,कानुनी परिधीमा रहेर टाक्सफोर्सले भिडभाड नगरी सामाजिक दुरी कायम राख्दै, मुस्किलले स्वास्थ सामग्रीहरू नेपाली समुदायसम्म वितरण गरेको थियो ।न्यू-योर्कका F1 स्टाटसमा रहेका विद्यार्थी लगायत प्राविधिक कारणले समस्यामा परेका नेपालीहरूका लागि पनि टाक्स फोर्सले सकेको सहयोग प्रदान गरेको छ।यस्तै कोरोनाबाट निधन भएका नेपालीको अन्तिम दाहसंस्कारका लागि प्रशासनिक सहजिकरणमा सहयोग लगायत आवश्यकता अनुसार समुदायलाई सरकारी निकाय सँग सम्पर्क गराईदिने कार्यहरू पनि न्यूयोर्क टाक्सफोर्सले गर्दै आएको छ।

यस्तै मे महिनाको ३१ तारीख २०२० मा पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्क लगायत अन्य च्याप्टरहरुमा संचालित राहत वितरण अभियान कार्यक्रमलाई सफल बनाउनका निमित्त सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरू, कार्यसमितिका साथिहरु, सहयोगी दाताहरू, सामाजिक अभियन्ताहरू, स्वंयेम सेवक मित्रहरू, पत्रकार साथिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरू, नागरिक समाज र आम नेपाली समुदाय प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाले सम्मानका साथ हार्दिक आभार गरेको छ ।

Recent Update