July 28, 2021, Wednesday
२०७८ श्रावण १३

राष्ट्रिय समाजसेवी डाक्टर जगदीश वैद्यलाई समाजसेवाकाे याेगदानलाई कदर गर्दै सम्मान

474

आदिवासी जनजाती आयोगका प्रमुख सल्लाहकार तथा अमेरिकाकाे न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको हामी नेपाली ग्लोबलका केन्द्रीय प्रमुख संरक्षक एवम् राष्ट्रिय समाजसेवी प्राध्यापक डाक्टर जगदीश वैद्यलाई समाजसेवामा गरेको याेगदानलाई कदर गर्दै सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ ।समस्यामा परेका मानिसहरुलाई राहत तथा उद्दारमा सधैं क्रियाशील डाक्टर वैद्यलाई हाैसला स्वरुप उक्त संस्थाले सम्मान तथा प्रमाणपत्र प्रदान गरेको हाे ।जात,धर्म र राजनीति बाट अलग हामी नेपाली ग्लोबल नाम संस्था विश्वका ४० देशमा शाखाहरु स्थापित गरि क्रियाशील छ ।नेपालीहरुकाे एकता कायम गरि नेपाल प्रति हरेक दृष्टिकोण बाट समर्पित हुने उदेश्यले स्थापित याे संस्था सेवामूलक संस्था हाे।

समाजसेवामा अत्यन्तै लगनशील डाक्टर वैद्यलाई अघिल्लो वर्षको न्युयोर्कमा भएको अन्तर्राष्ट्रिय सम्मेलन ताका हामी नेपाली ग्लोबलले प्रमुख संरक्षककाे रुपमा नियुक्त गरेको थियोे ।डाक्टर वैद्यले २०२० मा नेपालमा महामारी पीडितहरुलाई दुईलाख पिस हात धुने साबुन ,दुईलाख पिस माक्स , दैनिक दशाै हजारलाई ७ महिना सम्म खाना खुवाउन खाद्यान्न सहयोग ,भाडा,भाडा , खानेपानी जार,पञ्जा ,स्यानिटाइज वितरण गर्नु भएको थियोे ।नेपाल बाट अमेरिकामा समेत १० हजार मास्क साथै पन्च धातुको घण्ट समेत हामी नेपाली ग्लोबललाई प्रदान गर्नु भएको थियोे । उक्त सामाग्री सहयोगकाे खर्च डाक्टर वैद्यले नेशनल मल्टिपल कलेज(NMC) बाट प्राप्त तीन वर्षको पारिश्रमिक बाट सहयोग गर्नु भएको थियोे ।

प्राध्यापक डाक्टर वैद्यका सहयोगका यस्ता धेरै उदाहरणहरु छन ।अहिले भइरहेको निषेधाज्ञामा विपन्न तथा समस्या परेका मानिसहरुलाई खाद्यान्न तथा अन्य राहत सामाग्रीहरु सहयोग गर्दै आउनु भएको छ ।आफ्नै माेटरसाइकलमा चामलको बाेराहरु बाेकेर काठमाडौंका विभिन्न ठाउँहरुमा समस्यामा परेका मानिसहरुलाई सहयोग गर्दै आउनु भएका उहाँ विभिन्न सामाजिक संघ संस्था तथा आयाेगहरुकाे राष्ट्रिय सल्लाहकार समेत हुनुहुन्छ ।

Recent Update