July 28, 2021, Wednesday
२०७८ श्रावण १३

काँग्रेसले फेरि थप्यो क्रियाशील सदस्यताको विवरण बुझाउने समय 

304

काँग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेका एक सय ६ स्थानका लागि पुनः म्याद थपिएको हो ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले २५ जेठको राति १२ बजेसम्म क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भएको भए सच्याउन निर्देशन गरेको समितिका सचिव केशव रिजालले जानकारी दिए । 

Recent Update