July 30, 2021, Friday
२०७८ श्रावण १५

धुम्रपान रहित दिवसकाे अवसरमा अर्वुद राेग निवारण दाङ शाखाको अनुरोध

143

विश्व धुम्रपान रहित दिवसकाे अवसरमा नेपाल अर्वुद राेग निवारण संस्था दाङ शाखाले क्यान्सर बाट बच्न स्वस्थ जीवन जिउन धुम्रपान तथा सुर्तीजन्य चिजकाे सेवन नगर्न अनुरोध गरेको छ ।आज विज्ञप्ति जारि गर्दै दाङ शाखाका अध्यक्ष राेमहर्ष भण्डारीले आजको दिवस विगतमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाउने गरेको स्मरण गर्दै याे वर्ष सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारि गरेर मनाइएको र यसलाई सबैले प्रचारप्रसार गरिदिन आग्रह गरे ।

मानव शरीरमा विभिन्न किसिमका रूपमा रहेका अर्वुदरोग अर्थात ( क्यान्सर ) राेगवाट ग्रस्त रोगीहरुलाई उपचारत्मक सुबिधा यथासक्य नेपालमा सुलभ गराई आधुनिक प्रतिकारात्मक उपचारद्वारा देशबाट यो रोग निर्मुल गर्न पवित्र उदेश्यले काम गर्दै आएको संस्था भएको पनि अध्यक्ष भण्डारीले बताए ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष मे ३१ तारिखको दिनलाई “विश्व धुम्रपान रहित दिवस, “World No Tobacco Day” को रुपमा मनाउदै आइरहेको हुनाले नेपाल अर्वुद रोग निवारण संस्था, दाङ शाखा ले यस वर्ष पनि विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउनु पार्ने हाे तर यस्तो महामारीको कारणले सम्भव नभएको विज्ञप्तिमा उल्लेख छ ।विश्व धूम्रपान रहित दिवस तथा सुर्तीजन्य पदार्थको सेवनवाट हुने जाेखिम र त्यसवाट टाढा रहन सर्वसाधारण लाई जनचेतना फैलाउने उदेश्यले प्रचारप्रसार गरिदिन अध्यक्ष भण्डारीले सबैलाई अनुरोध गरेका छन ।