July 30, 2021, Friday
२०७८ श्रावण १५

हात मिलाएर आ–आफ्नो बाटो लागौँ : बाबुराम भट्टराई

196

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सहमति मै पार्टी अलग गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो विचार लेख्दै उनले भनेका छन् ‘हात मिलाएर आ–आफ्नो बाटो लागौं। हिडिरहे फेरि भेट हुनेछ।’

अहिले जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच विवाद चुलिएको छ। एकले अर्काका २४ घण्टे स्पष्टीकरण सोधेका छन्। अध्यक्ष ठाकुरले यादवलाई २४ घण्टे स्पष्टीकरणको जवाफ नदिने बताइसकेका छन्। यस्तै यादवले पनि स्पष्टीकरण कुनै औचित्य नभएको बताएका छन्। उनीहरुले आफ्ना सदस्य तथा सांसदलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन्।

यस्तो बेला डा। भट्टराईले तानातान अन्त्य गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ।’